चन्द्रागिरि बल्खु खोला सफाइ अभियान सुरु

Thankot Times

थानकोट ।

आजबाट चन्द्रागिरि नगरको प्रमुख मध्येको एक खोला बल्खु खोला सफाइ अभियान सुरु भएको छ।

जागाैं युवा परिवर्तनको लागि अभियानको अग्रसरतामा बल्खु खोला हाम्रो सभ्यता हो, सफा गराैं संरक्षण गराैं अभियान सुरु भएको हो ।

शनिबार बिहान चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङबाट सो खोला सफाइ अभियान सुरु गरिएको हो । सो क्रममा जागाैं युवा परिवर्तनको लागि अभियानका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अभियानका संयोजक शम्भुमान सिंहले हरेक साता खोला सफाइ अभियान जारी रहने बताए । निरन्तरको प्रयासमा यस खोलामा पुनः जलचरको क्रिडास्थल बन्नेमा आशावादी छाैं भन्दै उनले भने खोला खोल्सी सफाइमा स्थानीय बासीले चासो दिनुपर्ने धारणा राखे ।

स्वतःस्फुर्त रूपमा अभियान सुरु भएको जानकारी दिँदै संयोजक सिंहले सफाइ अभियान कुनै राजनीतिक स्वार्थका लागि नभएको स्पष्ट पारे ।

सफाइ अभियानका क्रममा भेटिएका प्लास्टिक, फलाम, सिसा लगायतका नकुहिने फोहोर व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकासँग समन्वय गरिने बताइएको छ।

असोज १२ गते शनिबार चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङबाट सो अभियान सुरु हुने भनिएको सो अभियान निरन्तरको झरीका कारण स्थगित भएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *