हरेक विद्यालयमा खेलकुद शिक्षकको दरबन्दी हुन जरुरी छ- मन्त्री गुरुङ

Thankot Times

थानकोट ।

संघीय सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सबै विद्यालयमा एक जना खेलकुद शिक्षकको दरबन्दी हुन जरुरी रहेको धारणा बताएका छन्।

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईएसएफ)को आयोजनामा मध्यपूर्वी मूलुक बहराइनमा अक्टोबर २३ बाट सुरु हुने आईएसएफ जिम्न्यासाइड-२०२४ मा नेपालबाट सहभागी हुने खेलाडी, प्रशिक्षक तथा प्रतिनिधि मण्डलहरूको बिदाई गर्न आयोजित कार्यक्रममा मन्त्री गुरुङले सो धारणा राखेका हुन् ।

नेपालमा खेलकुदको विकासका लागि विद्यालय तहमा खेलकुद शिक्षाका लागि पाठ्यक्रम व्यवस्था गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले परम्परागत शिक्षाले विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुन नसक्ने भन्दै मन्त्री गुरुङले सरकारले खेलकुद मन्त्रालयको बजेट विनियोजनका लागि तीनवटै सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

खेलकुदका पूर्वाधारको विकास नगरेसम्म खेल गतिविधि अघि बढ्न नसक्ने धारणा राख्दै मन्त्री गुरुङले देशका सबै प्रदेशमा अन्तराष्ट्रिय स्तरका रंगशालाको व्यवस्था गर्न अपरिहार्य रहेको बताए । खेलकुदका गतिविधि चलायमान बनाउन खेल प्रतियोगिताका क्यालेण्डरनै  व्यवस्था गर्नुपर्ने मन्त्री गुरुङको जोड थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ