कीर्तिपुरमा तास खेल्दै गरेका ६ जना समातिए, साथ फेला पर्यो ९६ हजार रुपैयाँ

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका-२ कीर्तिनगरमा जुवा तासमा रमाइरहेका ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्थानीय तिर्थराज न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा भिमेश्वर नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४८ वर्षीय दीपक कुमार थापा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९६ हजार ३ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यसबारेमा थप अनुसनधान जारी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ