सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

Thankot Times

थानकोट।

काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलामा पार्किङ गरिएको एउटा कारमा आगलागी भएको छ ।

सोमबार बिहान बा. प्र. ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो ।

प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको हो ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त धुवाँ नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन् ।

तस्बिरः साैगात श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ