अमेरिकाविरुद्धको टी-२० सिरिजमा नेपालको ‘क्लिन स्वीप’, सोमपाल कामी बने प्लेयर अफ द सिरिज

Thankot Times

थानकोट ।

नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ ।

एक खेल अगावै सिरिज जितेको नेपालले अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै प्रतियोगिता क्लिन स्वीप गरेको हो ।

अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए ।

३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्।

कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साझेदारीमा अमेरिकाविरुद्ध नेपालले अन्तिम खेलमा शानदार जित निकालेको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १५६ रन बनाएको थियो ।

पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको हो ।

तीन खेलमा पाँच विकेट लिएका नेपालका सोमपाल कामीले प्लेयर अफ द सिरिज घोषित भए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ