कोलकातामा फ्ल्याट भाडामा लिएर मिर्गौला तस्करीको धन्दा, चन्द्रागिरिका दुई जना संलग्न

Thankot Times

थानकोट । 

भारतको कोलकातामा फ्ल्याट नै भाडामा लिएर नेपालमा सक्रिय एक गिरोहले मिर्गौला तस्करी गरेको खुलेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले एक महिनासम्म गरेको अनुसन्धानका क्रममा कोलकातास्थित अम्री अस्पताल नजिक फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करीको धन्दा चलाएको फेला पारेको हो ।

यो घटनामा प्रहरीले ८ जनाविरुद्ध मानव बेचबिखनविरुद्धको मुद्दा लगाएको छ, तीमध्ये दुई जना फरार छन् ।

प्रहरीका अनुसार शंकर खत्री, शान्तिमाया घलान, नारन परियार, अमन साह, कृष्ण श्रेष्ठ, राजकुमार बिसुन्के, विमलप्रसाद साह र मुकेशकुमार साहविरुद्ध मुद्दा छ ।

उनीहरुमध्ये विमलप्रसाद र मुकेशकुमार फरार छन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कानुन विपरीत मानव अंग झिक्नेलाई १० वर्षसम्म कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

यो कानुन अनुसार नजिकको आफन्तबाहेक अन्यको अंगदान लिन पाइँदैन ।

अनलाइन खबरबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ