अमेरिकाविरुद्धको टी-२० आई सिरिज क्लिन स्वीप गर्न नेपाल सामु १५७ रनको लक्ष्य प्रस्तुत

Thankot Times

थानकोट । 

अमेरिका विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी आई खेलमा नेपाल घरेलु टोली अमेरिकाबाट १५७ रनको लक्ष्य पाएको छ । 

अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरीमा भइरहेको अन्तिम टी- ट्वान्टी आईमा घरेलु टोलीले पूरा २० ओभरमा ५ खेलाडीको नोक्सानीमा १५६ रन बनाएपछि नेपालले सिरिज क्लिन स्वीप गर्न १५७ रनको लक्ष्य पाएको हो । 

यस इनिङ्समा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए।

अन्तिम टी-ट्वान्टी आईमा अमेरिकालाई पराजित गरि नेपाल दोस्रो पटक सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी-ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

यो टी-ट्वान्टी सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ