ढुङ्गाअड्डा नजिकै बन्न लागेको मुख्यालयका विषयमा बोलेका तीन नेतालाई एमालेले स्पष्टीकरण साेध्ने

Thankot Times

थानकोट । 

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको नेकपा एमालेको सचिवालय बैठकले सो पार्टीका नेता त्रय भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेको छ ।

पार्टीको निर्णयविरुद्ध बाेलेकाे भन्दै उनीहरूलाई स्पष्टीकरण साेध्ने निर्णय गरेको महासचिव शंकर पाेखरेलले जानकारी दिए ।

“खासगरी पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माणका सन्दर्भमा बारेमा चलिरहेका छलफल, बहसहरूमा पार्टी निर्णयको विरुद्धमा जाने पार्टीका नेताहरूलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ,” बैठकपछि महासचिव पोखरेलले भने ।

बैठकले पार्टी पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ