मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

Thankot Times

थानकोट ।

सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अख्तियारी दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको हो ।

विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिव २० अर्ब १२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनर्निर्माण प्रयोजनका लागि सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालबस्तुमा भन्सार महसुल छुट दिने निर्णय गरेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनः नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । ०८१ कात्तिक १८ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौँ बैठकमा मन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । बैठकले २३ वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ