नागढुङ्गा-नाैबिसे सडकको विकल्पका रुपमा रहेकाे धार्के-सितापाइला सडक अनिश्चितकालसम्म बन्द

Thankot Times

थानकोट ।

धादिङको धार्के–सितापाइला सडक आज कात्तिक ४ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।

धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले सूचना जारी गरी सडक बन्दको जानकारी दिएका हुन् ।

धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको वडाध्यक्षले जारी गरेको सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ