नेपाली बजारमा सुनकाे मूल्यले नयाँ विन्दु छाेयाे

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्मकै उच्च हो ।

यसअघि गत शुक्रबजार एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६सय रुपैयाँ बढेर कारोबार भएको हो ।

आज चाँदीको मूल्यले पनि ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य यो हालसम्मकै उच्च हो ।

गत शुक्रबार चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ