चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध, सेवा सुचारु हुन अझै केही समय लाग्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका विभिन्न स्थानमा अवरुद्ध विद्युत सेवा सुचारु हुन अझै केही समय लाग्ने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चन्द्रागिरि नगरकाे थानकोट, चेकपोस्ट, इटाखेल, मातातिर्थ लगायतका स्थान शनिबार मध्यान्हदेखि विद्युत सेवा अवरुद्ध भएको हाे ।

विजुलीका तारमा परेका रुखका हाँगा तथा बाँसहरु काट्ने प्रयाेजनका लागि साे क्षेत्रमा विद्युत लाइन विच्छेद गरिएको हाे ।

ती स्थानमा विद्युत सेवा सुचारु गर्न अझै केही समय लाग्ने प्राधिकरणको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *