कहीँ नभएको जात्रा हाँडी गाउँमा (फोटो फिचर)

Thankot Times

थानकोट ।

शुक्रबार ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा निकालिएको छ ।

हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट यो जात्रा निकालिन्छ ।

यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा मनाउनुपर्ने मुख्य तीन वटा कारण रहेको हाँडीगाउँका स्थानीयवासी बताउँछन् । अन्य रथहरू देवतालाई भित्र राखेर गजुरमाथि हुन्छ । तर, हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्दछन् ।

यसैगरी, कहीँ पनि नपाउने एक विशेष प्रजातिको फूल (सी स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ।

स्थानीयका अनुसार यो जात्रा लिच्छिवीकालका राजाले शुरू गरेको विश्वास रहिआएको छ । किंवदन्तीका अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरूको एकै समयमा सुत्केरी हुने समय भयो । 

दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् । जसकारण दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकेकी थिएनन्  । 

यसको कारण खोज्दै जाँदा रिसाएका नारायण भगवान् हिमालमा तपस्या गरेर बसेका थिए ।

उक्त भगवानलाई प्रसन्न पार्न कहीँ नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सुत्केरी गराउन सफल भएका थिए भन्ने विश्वास छ ।

सबै तस्बिरः प्रदीप महर्जन

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *