बागमती प्रदेश लोकसेवा अयोगका सदस्य सुदर्शन ढकालले राजीनामा दिए

Thankot Times

थानकोट ।

बागमती प्रदेश लोकसेवा आयोगका सुदर्शन ढकालले पदबाट राजीनामा दिएका छन् ।

उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर शुक्रवार राजीनामा बुझाएका हुन् । 

११ कार्तिकबाट लागू हुने गरी राजीनामा बुझाएका ढकालले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क)अनुसार राजीनामा बुझाएका हुन् । आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्ष बनाउने तयारी भएपछि पदबाट राजीनामा दिएको उनको भनाई छ ।

प्रदेश सरकारले सहसचिव स्तरको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाउन लागेको उनले दाबी गरे ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आफूलाई आयोगका सदस्य ढकालले राजीनामा दिएको विषयमा कुनै जानकारी नभएको बताए । उनले आयोगको अध्यक्ष नियुक्तिको विषय पनि आफूलाई जानकारी नभएको दाबी गरे ।

उनले आयोगको अध्यक्ष नियुक्त गर्ने विषयमा छलफल भने भइरहेको जानकारी दिए ।

प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहेको ३ सदस्यीय समितिले आयोगको अध्यक्ष नियुक्त गर्ने भएकाले आफूलाई त्यसबारेमा वास्तविकता थाहा नभएको उनको भनाई छ ।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका पूर्व निर्देशक महेश्वर श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउने तयारी भएको छ ।

स्रोतका अनुसार अध्यक्षमा श्रेष्ठको नाम फाइनल भइसकेको र एक दुई दिनमै नियुक्ति गर्ने तयारी गरिएको छ ।

रातोपाटीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *