साफ महिला च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित सकियो

Thankot Times

थानकोट ।

साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

शुक्रबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा करिब दर्जन अवसर सदुपयोग गर्न नसक्दा नेपाल अंक बाड्न बाध्य भएको हो ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक कुनै पनि टिमसँग बराबरीमा रोकिएको हो ।

यसअघिका ६ संस्करणमा नेपालले खेलेका कुल २७ खेलमध्ये २१ मा जित र ६ खेलमा हार बेहोरेको इतिहास छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यस समूहमा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् ।

शुक्रबार नै सम्पन्न यस समुहको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्समाथि १-० को जित दर्ता गर्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *