टी-२० आई सिरिजः पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्‍यो

Thankot Times

थानकोट ।

नेपाल र अमेरिका सम्मिलित ३ खेलको टी-२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो टी-२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको हो ।

खेलमा नेपाल १७ रनले विजयी भयो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो ।

ब्याटिङमा २८ रन बनाए र बलिङमा ३ विकेट लिएका दीपेन्द्र सिंह एैरी खेलको म्यान अफ दि म्याच चुनिए ।

दोश्रो खेल कार्तिक ४ गते हुनेछ ।

तेस्रो तथा अन्तिम खेल कार्तिक ६ गते हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *