चन्द्रागिरिका बुदो मार्सल आर्ट्स खेलाडी तथा प्रशिक्षक अजरबैजान प्रस्थान

Thankot Times

थानकोट ।

अजरबैजानको बाकुमा हुने अन्तर्राष्ट्रिय विश्व बुदो मार्सल आर्ट्स प्रतियोगितामा सहभागी हुन नेपालका चार खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

अजरबैजान जाने टिमलाई नेपाल अन्तर्राष्ट्रिय बुदोकै–दो महासंघका अध्यक्ष विश्वसागर श्रेष्ठ, महासचिव रवीन्द्र गोपाली र कोषाध्यक्ष राजेन्द्र शाहीले बिदाइ गरेका हुन् ।

नेपाली टिममा चार खेलाडीसँगै प्रशिक्षक र निर्णायक समेत छन् । 

प्रतियोगिताका निम्ति नेपाली टिम वीरकृष्ण महर्जनको प्रशिक्षणमा छ ।

प्रशिक्षक महर्जन नेपाल बुदोकै-दो फुलकन्ट्याक्स संघका अध्यक्ष समेत हुन् । यस्तै, निर्णायकमा पूजा लामा निर्णायकमा छिन् ।

खेलाडीहरूमा वीरचन्द्र नकर्मी, सतीस बलामी, ज्ञानेन्द्र हमाल र ब्रिनिस महर्जन छन् ।

प्रतियोगितामा वीरचन्द्रले ७५ किलो तौल समूहमा, सतीसले ७८, ज्ञानेन्द्रले ५८ र ब्रिनिसले ३० किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *