झ्याप्ले खोला पहिरोमा परेका दहचोकका नरेन्द्र खत्रीका आश्रित परिवारलाई राहत रकम हस्तान्तरण

Thankot Times

थानकोट ।

धुनिवेशी नगरपालिका-०९ झ्याप्ले खोलामा असोज दोश्रो साता पहिरोमा परि निधन भएका चन्द्रागिरि नगरपालिका-०१ दहचोकका नरेन्द्र खत्रीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारको कार्यविधि अनुसार विपद् मा परि मृत्यु भएका नागरिकका परिवारलाई घरमै पुगेर राहत रकम हस्तान्तरण गर्ने नीति अनुरुप जिल्ला प्रशासन कार्यालय काठमाडाैंका प्रतिनिधिले चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा दहचोकस्थित खत्रीको निवासमै पुगेर बिहीबार राहत रकम हस्तान्तरण गरेका हुन् ।

यही असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

त्यस्तै बेपत्ता रही १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने सरकारको निर्णय छ ।

दहचोकमा बिहीबार नरेन्द्र खत्रीको निवासमा राहत रकम हस्तान्तरण गर्न चन्द्रागिरि नगरका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडा नं. १ का वडाध्यक्ष हरिश्याम रानामगर, प्रहरी प्रभाग बलम्बुका प्रमुख उपेन्द्र प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरमा असोज १२ यता विपद् मा परि ४ चार जनाको ज्यान गएको पुष्टी भएको थियो ।

जसमा चन्द्रागिरि नगरपालिका-२ मसिनेका गर्वे तामाङ र उनकी श्रीमतीको पहिरोमा परि निधन भएको हो भने चन्द्रागिरि १ नरेन्द्र खत्री झ्याप्ले खोला पहिरोमा परेका थिए ।

असोज ११ गते दिउँसो १ बजेतिर चितवनबाट माइक्रोबसमा चढेर काठमाडौका लागि यात्रा गरेका दहचाेक निवासी नरेन्द्र खत्री साेही दिन रातिदेखि परिवारसँग सम्पर्क विहिन भएका थिए ।

पछि उद्धार कर्मीहरूले झ्याप्ले खोला पहिरोमा पुरिएका तीन वटा सवारीसाधनबाट फेला पारेका मध्ये एक शव खत्रीको रहेको पुष्टी भएको थियो ।

खत्रीले प्रयाेग गर्ने माेबाइलकाे सिम र कपडाको आधारमा असोज १४ गते साेमबार उनकाे शव त्रिवि शिक्षण अस्पतालमा परिवारजनले पहिचान गरेका थिए।

काठमाडौं आउँदै गरेका दहचाेकका नरेन्द्र झ्याप्ले खाेला पहिराेमा परेकाे पुष्टि

यस्तै नैकापका १२ वर्षीय प्रियान्स आचार्य सिस्नेरीस्थित एन्फा एकेडेमीबाट सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्त भएकामा पछि उनी मृत भेटिएका थिए ।

मृतक तामाङ द्वयका परिवारलाई काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले असोज १६ गते बलम्बु अस्पतालमा पुगी राहत रकम हस्तान्तरण गरेका थिए ।

मसिनेका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गर्न बलम्बुमा काठमाडाैंका सिडिओ र प्रहरी प्रमुख


Leave a Reply

Your email address will not be published. Required fields are marked *