जान्नुहोस आज कार्तिक १ गते बिहीबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको माैसम अहिले बिहान आंशिक बदली रहेको छ ।

देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बदली हुँदा केही भू-भागमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्र्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोसी, वाग्मती, कर्णाली र सुदूरपिश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *