दशैं बिदापछि बजार खुलेको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ४ सय रुपैयाँ बढेर एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

दसैँअघिको अन्तिम कारोबार दिन असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघिको कारोबार दिन चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *