साफ महिला च्याम्पियनसिप: माल्दिभ्स महिला फुटबल टोली काठमाडाैं आइपुग्यो

Thankot Times

थानकोट ।

बिहीबारबाट सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली नेपाल‌ आइपुगेको छ।

साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो, सो टोली सोमबार काठमाडाैं आइपुगेको हो । पाकिस्तानी टोली आइतबार बिहान काठमाडौं आइपुगेको छ ।

वुमेन्स साफ च्याम्पियसिप २०२४: पाकिस्तानको टोली काठमाडाैं आइपुग्यो

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको टोली मंगलबार तथा भुटानी टोली बुधबार आइपुग्ने एन्फाले जनाएको छ।

दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप दशरथ रंगशालामा सुरु हुनेछ। पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ।

साफको  समूह बीमा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।

नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ।

सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा आयोजना भएको थियो। त्यसमा नेपाललाई हराउँदै बंगालादेश पहिलो पटक च्याम्पियन बनेको थियो।

एउटा बाहेक सबै संस्करण फाइनल खेलेको नेपाली टोली अहिलेसम्म च्याम्पियन बनेको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *