मनकामना केबलकार आजबाट ३ दिनसम्म बन्द रहने

Thankot Times

थानकोट ।

नेपालकै पहिलो केबलकार मनकामना केबलकार आज (असोज २९ गते)बाट कार्तिक १ गतेसम्म बन्द रहने भएको छ ।

गत बुधबार एक सूचना जारी गर्दै मनकामना दर्शन प्रालिले आजबाट तीन दिन मनकामना केबलकार सेवा बन्द रहने जनाएको हो ।

केबलकारको मुख्य लठ्ठा छोट्याउन तथा स्पाल्सिङ कार्य पूरा गर्न सेवा बन्द गर्न लागिएको हो ।

केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ ।

यसअघि विजया दशमीको दिन असोज २६ गते र  एकादशीको दिन २७ गते दुई दिन पनि  केबलकार बन्द थियो ।

हिजो एक दिन भने केबलकार सञ्चालन गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *