मातातिर्थ चाैरमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातिर्थ चाैरमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।

मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन हुने सो व्यापार महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ । यसैगरी दैनिक उपभोग्य सामानको बिक्री तथा प्रदर्शनी, औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी रहनेछ ।

यस्तै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, हस्त कला तथा कृषि औजार प्रदर्शनी समेत समावेश गरिने बताइएको छ।

महोत्वसका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ भने मोबाईल तथा इलेक्ट्रोनिक सामान बिक्री तथा प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा प्रर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टल रहने मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।

महोत्सवका क्रममा एसियाकै उत्कृष्ठ बाल उद्यानको समेत व्यवस्था गरिने बताइएको छ।

महोत्सवमा निःशुल्क प्रवेश दिइने आयोजकको भनाइ छ ।

तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित गरी सो महोत्सव सञ्चालन हुन लागेको हो ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *