वुमेन्स साफ च्याम्पियसिप २०२४: पाकिस्तानको टोली काठमाडाैं आइपुग्यो
थानकोट ।
वुमेन्स साफ च्याम्पियसिप २०२४ मा सहभागी हुन काठमाडौं आइपुग्ने पाकिस्तान पहिलो टिम भएको छ ।
पाकिस्तान आइतबार मध्यरात नेपाल आइपुगेको हो ।
पाकिस्तानी स्पोर्टस बोर्डले अन्तिम समयमा स्विकृति दिएपछि टिमको नेपाल जाने बाटो खुलेको हो ।
बोर्डले स्वीकृत दिन आनाकानी गरेपछि पाकिस्तानको सहभागिता अन्यौलमा परेको थियो ।
पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ रहेको छ र उसका प्रतिद्वन्द्वी भारत र बंगलादेश रहेका छन् ।
यही बिहीबार हुने उद्घाटन खेलमा पाकिस्तानले पाँच पल्टको च्याम्पियन भारतको सामना गर्नेछ ।
समूह ‘बी’ आयोजक नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् ।
त्यसमध्ये माल्दिभ्स सोमबार काठमाडौं आइपुग्नेछ ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भारत र श्रीलंका मंगलबार आइपुग्नेछन् भने भुटान बुधबार मात्रै आइपुग्ने कार्यक्रम रहेको छ ।