कृषि मन्त्री अधिकारी इटाली प्रस्थान

Thankot Times

थानकोट ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

मञ्चको बैठक सोमबार देखि सुरू हुने बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ ।

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गर्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *