नेपाललाई ३-१ काे सेटमा स्तब्ध बनाउँदै उज्वेकिस्तानले जित्याे काभा यु-२० च्याम्पियनसिपकाे उपाधि

Thankot Times

थानकोट ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो ।

खेलको पहिलो सेट नेपालले २७–२५ ले जितेको थियो । नेपालले त्यसपछिका लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो २५–१६ र चौथो तथा अन्तिम  सेटमा नेपाल २५–२० ले पराजित भयो ।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्केमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो ।

यस्तै, नेपालले समूह चरणमा श्रीलंका, तुर्केमेनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने कीर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्केमेनिस्तान, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *