थानकोट काेतघरमा नवदुर्गा पूजा विसर्जन

Thankot Times

थानकोट ।
थानकोट काेत घरमा नवदुर्गा पूजा विसर्जन गरिएको छ ।

दशमीको दिन शनिबार स्थानीयबासीहरुकाे बाक्लो उपस्थितिका बीच थानकोटमा नवदुर्गाको पूजा विसर्जन गरिएकाे हाे ।

जमरा राखिएकाे पूजा घरमा छोरा मान्छेहरूले जेठोदेखि पालैपालो कुभिण्डो काटेर पूजा गरिएकाे थियाे। साे पछि जमरा काटेर ( उखलेर) ठूलाले सानालाई टीका लगाइ दिएर शुभआशिष दिइएकाे थियाे ।

आजै कोत घरमा आचाजु (कर्माचार्य) ले पूजा गरी टीका लगाइदिएका थिए।
साँझ थानकोट कोत घरमा खड्ग जात्रा गरिएको छ ।

साे क्रममा स्थानीय जनप्रतिनिधिहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।
फूलपातीका दिन चन्द्राागिरि नगरपालिका-०१ ईन्द्रथानस्थित काेत घरबाट ल्याइएको फूलपाती थानकोटस्थित काेत घर स्थित दशैं घरमा भित्र्याइएकाे थियाे ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *