बडा दशैंको टीका दिन आज केही क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रको माैसम अहिले बिहान आंशिक बदली छ ।
देशका केही भागमा अहिले मौसम बदली छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा माैसम आंशिक बदली छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
विभागले राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।