दसैं बिदामा इन्धनको सहज बिक्री वितरणका लागि थानकोट लगायतका डिपोहरु खुल्ला रहने

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले दशैँ बिदामा इन्धनको अभाव हुन नदिन डिपो खुला राख्ने भएको छ ।

दशैँको समयमा पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा निगमका प्रादेशिक तथा शाखा कार्यालयअन्तर्गतका डिपोहरु आलोपालो खुला गर्ने निर्णय गरिएको हो ।

जसअनुसार विराटनगर, अमलेखगञ्ज, पोखरा, भैरहवा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो भोलि र असोज २८ गते दुई दिन खुला हुनेछ । दाङको इन्धन डिपो असोज २७ गते खुल्नेछ भने नेपालगञ्जको इन्धन डिपो आवश्यकताअनुसार खुला राख्ने निर्णय गरिएको छ ।

यस्तै धनगढीको डिपो असोज २४, २७ र २८ गते र थानकोट डिपो असोज २४, २५ र २८ गते खुल्ने छ । निगमले सम्बन्धित कार्यालयहरु बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताका लागि प्रत्येक डिपोको सम्पर्क व्यक्ति पनि तोकेको छ । पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा केही समस्या देखिएमा तोकिएको व्यक्तिसँग सम्पर्क गर्न सकिने निगमले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *