‘नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर मारवाडी सेवा समितिलाई संरक्षण गर्‍यो’- मेयर बालेन

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रहरीले आफूहरूलाई सहयोग नगरेको आरोप लगाएका छन् । नियमअनुसार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गर्न लागिपरेको आरोप लगाएका हुन् ।

‘नाजायज सम्बन्धबाट  सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौँदेखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ । अनि कोषले  महानगरलाई धर्मशाला असक्तहरूलाई निःशुल्क खाना र औषधि उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाई  संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ’, शाहले बुधबार फेसबुकमा लेखका छन् ।

मंगलबार काठमाडौँ महानगरपालिका र कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको छ । तर, बुधबार धर्मशाला खाली गराउन पुग्दा समितिका पदाधिकारीहरूले विरोध गरेका थिए भने बालेनले प्रहरीले पनि उनीहरूलाई नै साथ दिएको आरोप लगाएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *