कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
देशका पहाडी भू-भागमा अहिले बिहान आंशिक बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।