चाडपर्वका अवसरमा सान कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
थानकोट ।
नैकापस्थित सान इन्टरनेसनल कलेजमा दशैं अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।
मंगलबार इन्द्रअन्नपूर्ण योगाको हलमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम विद्यालयका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समुहका अधिकारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रुची अनुसार गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा लिङ्गे पिङ र विभिन्न स्टलहरूको व्यवस्था गरिएको क्याम्पसले जनाएको छ।
कार्यक्रम चाडपर्वको शुभकामना दिनुहुँदै कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले चाडपर्वमा लामो बिदाले गर्दा फुर्सदिलो हुने भएकोले यो समयलाई सक्दो सदुपयोग गर्नुपर्ने सुझाव दिएका थिए । फुर्सदको समयमा विद्यार्थीहरुले आफूलाई विविध किसिमका रचनात्मक कार्यमा संलग्न गराउँदा प्रभावकारी हुने उनको धारणा थियो । चाडपर्वमा संयमित भएर आहार व्यहार गर्दा रोगहरूबाट बच्न सकिने समेत डा. घिमिरेको सुझाव थियो ।
कार्यक्रममा सान इन्टरनेसनल कलेजका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले चाडपर्व संयमित तरिकाले मनाउनुपर्ने र विद्यार्थीहरूले फुर्सदको समयमा आफ्नो रुचिका विषयहरूमा अध्ययन अनुसन्धान गर्दा उनीहरूको सिर्जनात्मक पक्षको विकास हुने धारणा व्यक्त गरे ।