मसिनेका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गर्न बलम्बुमा काठमाडाैंका सिडिओ र प्रहरी प्रमुख

Thankot Times

थानकोट । 

काठमाडाैंका प्रजिअ जयनारायण आचार्यले चन्द्रागिरि नगरपालिका-२ मसिनेमा गत शनिबार पहिरोमा परि निधन भएका गर्वे तामाङका परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् । 

नेपाल सरकारको कार्यविधि अनुसार विपद् मा परि मृत्यु भएका नागरिकका परिवारलाई घरमै पुगेर राहत रकम हस्तान्तरण गर्ने नीति अनुरुप प्रजिअ आचार्य बुधबार चन्द्रागिरि आएका हुन् ।

काठमाडाैं प्रहरी परिसर प्रमुख बसन्त रजाैरेसहित बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेका उनले त्यहाँ उपचाररत गर्वे तामाङकी आमा ठूलीमाया र छोरी बिनिशालाई राहत रकम हस्तान्तरण गरिएको चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए । तामाङ द्वय पहिरोमा परि घाइते भएका हुन् ।

तामाङलाई प्रजिअ आचार्य नगद २ लाख २० हजार रूपैयाँ हस्तान्तरण गरेका थिए । सो क्रममा चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलका वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ, वडा नंं २ का कार्यवाहक अध्यक्ष चन्द्रकुमारी बस्नेत, वडा सदस्य लव सुवेदी, थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी सुर्यप्रकाश सुवेदी लगायतको उपस्थिति रहेको बताइएको छ ।

चन्द्रागिरि नगरले काजकिरिया खर्च बापत मृतक द्वयका परिवारलाई ५० हजार रूपैयाँका दरले १ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता खड्गीको भनाइ छ ।

चन्द्रागिरि नगरमा असोज १२ यता विपद् मा परि ४ चार जनाको ज्यान गएको पुष्टी भएको छ ।

जसमा चन्द्रागिरि १ नरेन्द्र खत्री झ्याप्ले खोला पहिरोमा परेका थिए भने नैकापका १२ वर्षीय प्रियान्स आचार्य सिस्नेरीस्थित एन्फा एकेडेमीबाट सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्त भएकामा पछि उनी मृत भेटिएका थिए ।

तस्बिरः नगरप्रवक्ता कृष्ण प्रसाद खड्गीको फेसबुकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *