चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीपको उपाधि मैत्रीनगर क्रिकेट क्लबलाई
थानकोट ।
चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीपको उपाधि मैत्री नगर क्रिकेट क्लबले जितेको छ।
बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा उडान शैक्षिक केन्द्रलाई पराजित गर्दै मैत्रीनगर च्याम्पियन बनेको हो । सो क्रममा मैत्रीनगर ४५ रनले विजयी भयो ।
मैत्रीनगर क्रिकेट क्लबले दिएको ११६ रनको विजय लक्ष्य पछ्याउने क्रममा उडान शैक्षिक केन्द्र १५.३ बलमा अल आउट हुँदै ७१ रनमा समेटिएको थियो ।
प्रतियोगितामा १ सय ८ रन बनाएका अरुण साह कलवार वेष्ट ब्याट्स म्यान घोषित भए ।
प्रतियोगितामा १० विकेट लिएका रन्जित दहाल वेष्ट बलर घोषित भए भने म्यान अफ द सिरिज भएका पंकज प्रसाद पन्थिले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा ३ महिनाको छात्रवृत्ति प्राप्त गरे
१२ टोली सम्मिलित प्रतियोगिता १० ओभरको खेलाइएको थियो भने फाइनल २० ओभरमा खेलाइएको थियो । चन्द्रागिरि नगरपालिका-०६ गुमालचोकीस्थित मदन भण्डारी खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगिताको विजेता मैत्रीनगरले ४० हजार रूपैयाँ प्राप्त गर्यो भने उपविजेता बनेको उडानले २० हजार रूपैयाँ हात पार्यो ।
विजेता तथा उपविजेतालाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले पुरस्कार वितरण गर्नुभएको चन्द्रागिरि क्रिकेट एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिनुभयो ।