सिस्नेरीमा पहिरोमा परेसँगै अधुरो रह्यो नैकापका १२ वर्षीय प्रियान्सको फुटबलर बन्ने सपना

Thankot Times

थानकोट ।

मकवानपुरको सिस्नेरीमा असार १२ गते पहिरोमा परि निधन भएका एन्फा एकेडेमीका ६ जना विद्यार्थी मध्ये एक जना चन्द्रागिरिका रहेका छन् ।

पहिरोमा परी ज्यान गुमाउनेहरूमा मकवानपुरका अनुपम घलान, सुमन योन्जन र दिवस बानियाँ  रहेका थिए भने सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौं चन्द्रागिरिका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मी रहेका थिए।

आचार्य चन्द्रागिरि नगर पालिका वडा नं १३ (साबिक थानेटार ८) निवासी हुन् ।

अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा ती विद्यार्थी पहिरोमा परेका हुन्।

एन्फाले गतवर्ष सिस्नेरीस्थित श्री वत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै ३७ जना विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।

तस्बिर साभारः रवी बुढाथोकी 


Leave a Reply

Your email address will not be published. Required fields are marked *