धरहरा चढ्न तँछाड मछाड, असोज २२ गतेसम्मको टिकट ‘बुक’

Thankot Times

थानकोट ।

काठमाडाैंमा निर्माणाधीन धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघेको छ ।

सहरी विकास भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाईले मंगलबारसम्म धरहरा चढ्नेको सङ्ख्या एक लाख ६ हजार ४९० जना पुगेको जनाएको छ ।

दैनिक ६०० बढी महिला र ४०० बढी पुरुष गरी एक हजारभन्दा बढी नागरिकले धरहरा चढ्न दिइने व्यवस्था रहेको छ।

यस्तै धरहराको टिकट आगामी असोज २२ गत अर्थात् एक सातासम्मका लागि बुकिङ भइसेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *