तेस्रो मातातिर्थ गोल्डकपः आज तीनवटा खेल हुने, फाइनल खेल घटस्थापनाका दिन हुने

Thankot Times

थानकोट ।

जारी तेस्रो संस्करणको मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार तीन वटा खेल हुने भएका छन् ।

निरन्तरको वर्षाका कारण मैदान हिलाम्मे हुँदा पूर्व निर्धारित तालिका अनुसार खेल हुन नसकेपछि आयोजक मातातिर्ग संरक्षण तथा विकास संस्थाले नयाँ तालिका सार्वजनिक गरेको हो ।

आइतबार प्रकाशित खेल तालिका अनुसार आज बिहान ११ बजे द हिलिङ युथ क्लब ले फार भीजन युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दिनको दोश्रो खेलमा दिउँसो १ बजे सिद्धीकाली युथ क्लबले किसिपिडी युथ क्लबको सामना गर्नेछ । यसैगरी दिनको अन्तिम तथा तेस्रो खेलमा अपरान्ह ३ बजे भुँइखेल युथ क्लबले क्लिन भीजनसँग प्रतिस्पर्धा गर्नेछ ।
भोलि मंगलबार १ मात्रै खेल सञ्चालन हुनेछ । सो खेलपछि प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा हुनेछ ।

सेमीफाइनल खेल असोज १८ गते खेलाइने छ भने तेस्रो स्थान र फाइनल खेल असोज १९ गतेका लागि तय भएको बताइएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातिर्थ बालागाउँस्थित खेलमैदानमा प्रतियोगिताका खेलहरू भइरहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *