चन्द्रागिरि क्षेत्रमा बिहानीपख चिसाे बढ्याे, दिउँसोको माैसम कस्ताे रहला ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्रमा बिहानीपख चिसाे बढेको छ।

निरन्तरकाे वर्षापछि यस क्षेत्रमा बिहानकाे तापक्रममा गिरावट आउन थालेको हाे ।

अहिले बिहान थानकोट क्षेत्रकाे तापक्रम १५ डिग्री सेल्सीयस रहेको छ ।

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी  प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तस्बिर: विदुर न्याैपाने


Leave a Reply

Your email address will not be published. Required fields are marked *