नागढु्ङ्गा सुरुङ मार्ग हुँदै चार सय जना काठमाडाैं भित्रिए

Thankot Times

थानकोट ।

धुनिवेशी नगरपालिका-०९ झ्याप्ले खोलास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध बनेपछि अलपत्र परेका ४ सय जना यात्रु आइतबार नागढुङ्गा सुरुङ मार्ग हुँदै काठमाडाैं भित्रिएका छन् ।

ट्राफिक प्रहरी प्रभाग थानकोटका अनुसार दर्जनाैं एम्बुलेन्स, दुग्धजन्य पदार्थ बोकेका ट्यांकर, तरकारी बोकेका गाडी, कुखुरा बोकेका गाडीसमेत आइतबार सुरुङ मार्ग हुँदै राजधानी भित्रिएका हुन् ।

यो समाचार तयार पार्दासम्म केही एम्बुलेन्स सुरुङ मार्ग हुँदै काठमाडाैं ल्याउन समन्वय भइरहेको प्रभाग प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद पाैडेलले जानकारी दिनुभयो ।

मुख्य सडक भने साँझ ८ बजेपछि एकतर्फी सञ्चालनमा आएको छ ।

सडक सञ्चालनमा आएसँगै धादिङ र काठमाडाैं तर्फको सडकमा लामबद्ध सवारी साधन गन्तव्यतर्फ अघि बढेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *