मसिने पहिरो पीडितका परिवारलाई चन्द्रागिरि नगरको आर्थिक सहयोग, घाइतेको निःशुल्क उपचार

Thankot Times

थानकोट ।

लगातारको वर्षापछि घरमाथिबाट झरेको पहिरोमा परि मृत्यु भएका चन्द्रागिरि नगरपालिका-२ मसिनेका गर्वे तामाङको परिवारलाई चन्द्रागिरि नगरपालिकाले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

शनिबार बिहान खसेको पहिरोले घर थिचिँदा पुरिएर ३९ वर्ष गर्वे तामाङ र उनकी श्रीमती ३६ वर्षीया सविना तामाङकाे घटनास्थलमै मृत्यु भएकाे थियाे।

पहिरोमा परि उनकी आमा ठूलीमाया तामाङ र छोरी बिनिसा घाइते भएका छन्। घाइते द्वयको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

नगर प्रमुख घनश्याम गिरीले पहिरोमा परि निधन भएका व्यक्तिको परिवारलाई प्रति व्यक्ति नगद ५० हजारका दरले राहत प्रदान गरिने बताउनुभएको छ।

घाइते भएका दुवै जनाको उपचार निःशुल्क गरिने समेत नगरप्रमुख गिरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *