अलपत्र यात्रुलाई चन्द्रागिरि नगरको सहयोगमा नागढुङ्गा सुरुङ मार्गबाट काठमाडौं ल्याइँदै (भिडिवो)

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशीस्थित झ्याप्ले खोलामा पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई नागढुंगा-सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याउने क्रम जारी छ ।

सडक विभाग र चन्द्रागिरि नगरपालिकाको सक्रियतामा यात्रुको उद्दार भइरहेको हो।

चन्द्रागिरि नगरपालिकाले यात्रुहरूका लागि बस उपलब्ध गराएको छ। सिस्नेखोलास्थित सुरुङ मार्गदेखि चन्द्रागिरि नगरपालिका-०५ स्थित फ्लाइओभर भएको स्थलसम्म यात्रुहरूले सो बस उपयोग गरिरहेका छन् ।

सुरुङ मार्ग हुँदै एम्बुलेन्स, तरकारी तथा कुखुरा बोकेका सवारी साधन, दुग्धजन्य वस्तु बोकेका र अन्य आपतकालीन अवस्थामा सवारीसाधन पास भइरहेका छन् ।

शनिबार पनि पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी स्थानीय रुटमा चल्ने गाडीबाट काठमाडौं ल्याइएको थियो ।

यात्रु बोकेका र अन्य गाडीलाई सुरुङ मार्गमा प्रयोग भएका गाडी तथा प्राविधिकहरूको निगरानीमा सुरुङ पास गराइँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *