नागढुङ्गा सुरुङ हुँदै अत्यावश्यक सेवाका सवारी तथा यात्रु आवतजावतको अनुमति, नगरले दियो बस

Thankot Times

थानकोट ।

नागढुङ्गा-नाैबिसे सडक खण्ड अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका-९ स्थित झ्याप्ले खोलामा पहिरो जाँदा अवरुद्ध बनेको सडक अझै सुचारु हुन सकेको छैन् ।

प्रहरीले सडक सुचारु गर्न पहिरो पन्छाउने क्रम जारी रहेको जनाएको छ ।

पहिरोले सडक अवरुद्ध बनेपछि अलपत्र परेका यात्रुहरूलाई अहिले नागढुङ्गा सुरुङ मार्गबाट काठमाडाैं ल्याउन थालिएको छ ।

स्थानीय प्रहरीको समन्वयमा दुग्ध जन्य पदार्थ, तरकारी, तथा पशु तथा चाैपाया बोकेका सवारी साधन सुरुङ मार्ग हुँदै सञ्चालन गर्न दिइएको सुरुङ मार्गका सेफ्टी अफिसर नविन पण्डितले थानकोट टाईम्सलाई जानकारी दिनुभयो ।

यात्रुहरूका लागि भने सिस्नेखोलास्थित सुरुङ मार्गको प्रवेश द्वारमा चन्द्रागिरि नगरपालिकाले व्यवस्था गरेको बसबाट काठमाडाैं प्रवेशको व्यवस्था गरिएको छ ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी, स्थानीय प्रहरी प्रशासन तथा सुरुङ मार्ग आयोजनासँग समन्वय गरी यात्रु तथा अत्यावश्यक सेवाका साधनलाई काठमाडाैं भित्रन सहजीकरण भइरहेको चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

सुरुङ मार्ग हुँदै काठमाडाैंबाट धादिङतर्फ एम्बुलेन्स मात्रै सञ्चालन गर्न दिइएको छ ।

सुरुङ मार्गमा दुई पांग्रे सवारी साधन भने गुडाउन दिइएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *