मातातिर्थ गोल्डकपः मैदान हिलाम्मे भएका कारण आजका खेल पनि स्थगित
थानकोट।
लगातारको वर्षाका कारण मैदान हिलाम्मे भएपछि मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजका लागि निर्धारण गरिएका खेल पनि स्थगित गरिएका छन् ।
आयोजक मातातिर्थ संरक्षण तथा विकास संस्थाका अनुसार मैदानमा पानी सुकाउने क्रम जारी रहेकोले प्रतियोगिता अन्तर्गत आज आइतबारका लागि तय भएका खेल स्थगित भएका हुन् ।
चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँस्थित मैदानमा प्रतियोगिता असोज ७ गतेबाट सञ्चालन भइरहेको छ । १८ टोली सम्मिलित प्रतियोगिताको फाइनल खेल असोज १७ गते हुने तालिका छ ।
यसअघि शुक्रबार र शनिबारका लागि तोकिएका खेल समेत स्थगित गरिएका थिए ।
भोलि (सोमबार) बाट प्रतियोगिता सुचारु हुने आयोजकको भनाइ छ ।