चन्द्रागिरि नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा आज पठनपाठन नहुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा समेत आज पठनपाठन बन्द रहने भएको छ ।

निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण शैक्षिक संस्थाहरूमा समेत क्षति पुगेको हुँदा सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको थियो ।

आइतबारदेखि ३ दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

शनिबार एक सूचना जारी गर्दै नगरको शिक्षा,युवा तथा खेलकुद शाखाले अविरल वर्षाका कारण विद्यालय परिसर जलमग्न भई विद्यालयमा नियमित पठनपाठन गर्न अनुकुल वातावरण नभएका विद्यालयहरुले आज आइतबार विद्यालयको पठनपाठन सञ्चालन नगरी उपयुक्त सुरक्षा सावधानी अपनाउँदै शिक्षक तथा कर्मचारी उपस्थिति भै क्षतिको विवरण तयार पार्नुका साथै विद्यालय सरसफाई गरी तत् पश्चात मात्र विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाई सो को जानकारी विद्यार्थी, अभिभावक र क्षतिको विवरण नगरपालिकामा दिन निर्देशन दिएको बताइएको छ ।

भोलिबाट पठनपाठनका गतिविधि सञ्चालन हुने कि नहुने आजको अवस्था हेरेपछि निर्क्याैल गरिने नगरका वरिष्ठ शिक्षा अधिकृत बुद्धिराज भट्टले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरका विद्यालयहरूमा बाढी, पहिरोबाट के कति क्षति पुगेको छ सो को विवरण आज संकलन हुने बताइएको छ ।

नगरका कतिपय संस्थागत विद्यालयमा आजबाट दोश्रो त्रैमासिक सुरु हुने तालिका निर्धारण गरिएपनि आजका लागि परीक्षा स्थगित गरिएको सूचना जारी गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *