हुस्सुसँग लुकामारी खेल्दै चन्द्रागिरि, कस्तो रहला दिनभरको माैसम ?

Thankot Times

थानकोट । 

थानकोट क्षेत्रमा अहिले बिहान हुस्सु लागेको छ । 

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै, उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोसी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

फाइल तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *