चन्द्रागिरिमा बाढीको वितण्डा, सतुङ्गल बालकुमारी क्षेत्रका कैंयन घर डुबानमा

Thankot Times

थानकोट ।

अविरल वर्षाका कारण चन्द्रागिरि नगरका कैंयन तटीय वस्ती डुबानमा परेका छन् ।

शुक्रबार बिहानैदेखिको वर्षा साँझसम्म जारी रहेको छ ।

वर्षाका कारण खोला खोल्सीमा जल सतह बढेको छ । लगातारको वर्षापछि बल्खु खोलामा जलसतह बढेको छ ।

जसका कारण सतुङ्गल बालकुमारी क्षेत्रका केही घर डुबानमा परेका छन्।

प्रहरी प्रभाग बलम्बुले सो बालकुमारी क्षेत्रमा जलसतह बढेकोले सतर्क रहन स्थानीयहरूमा माइकिङ गरि अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ