वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा चन्द्रागिरिबाट युवक पक्राउ
थानकोट।
वैदेशिक रोजगारीका लागि कतार पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका घर भएका खालिक खान छन्।
खालिकलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर-१५ बाट तिनथानाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए।
एक पीडितसँग ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ गरेका उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ।