असोज १७ देखि कात्तिक १ सम्म अत्यावश्यक बाहेक ढुवानी साधन सञ्चालनमा रोक

Thankot Times

थानकोट ।

सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित गर्न अत्यावश्यक बाहेक ट्रेलरलगायत मालसामान ढुवानी गर्ने ठूला सवारीसाधन १७ असोज (घटस्थापना) देखि पूर्णिमासम्म चलाउन रोक लगाएको छ । 

नारायणगढ-काठमाडौं रुटका लागि यो निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार १७ असोजदेखि १ कात्तिकसम्म यस रुटमा ठूला मालवाहक सवारी साधन चलाउन रोक लगाइएको छ ।

खाद्यान्न लगायत अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधनलाई भने चलाउन दिइने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ