असोज १२ गते चन्द्रागिरि-७ वनदेवीमा स्वास्थ्य शिविर आयोजना हुने

Thankot Times

थानकोट
आरोग्य निलायम डाइग्नोष्टिक सेन्टरसँगको सहकार्यमा असोज १२ गते शनिबार चन्द्रागिरि नगरपालिका-७ वनदेवीस्थित वनदेवी सामुदायिक भवन प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

वनदेवी सामुदायिक भवन संरक्षण समिति, सहयोगी बहुउद्देश्यीय सहकारी संस्था र समाजसेवी हरि महतको संयुक्त तत्वावधानमा सञ्चालन हुने शिविरमा कलेजो कार्य परीक्षण, मृगाैला कार्य परीक्षण, मुटु कार्य परीक्षण, थाइराइड कार्य परीक्षण, चिनी रोग परीक्षण, रक्त चाप परीक्षण लगायतका सेवा उपलब्ध हुने बताइएको छ ।

बिहान ८ बजेबाट सुरु हुने भनिएको शिविर अपरान्ह १ बजेसम्म जारी रहने छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ