चन्द्रागिरि वडा नं १० पनि बालश्रम मुक्त वडा घोषणा

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरका वडाहरू बालश्रम मुक्त घोषणा हुने क्रम जारी छ ।

शनिबार सतुङ्गल बोसिगाउँमा आयोजित एक समारोहका बीच चन्द्रागिरि नगरपालिका वडा नं. १० बालश्रम मुक्त वडा घोषणा गरिएको छ । 

नगरप्रमुख घनश्याम गिरीले सो वडालाई बालश्रम मुक्त घोषणा गरेका हुन् ।

सो क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, प्रमुख कार्यकारी अधिकृत, नगरका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरू, महिला स्वंसेविकाहरू, विद्यालय तथा क्याम्पसका विद्यार्थीहरू तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो । 

औपचारिक कार्यक्रम अघि झाँकीसहितको र्यालीले वडा परिक्रमा गरेको थियो ।

नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि-२०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि-२०७७ अवलम्वन गरेको छ ।

साथै, नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जसका लागि विभिन्न गैरसरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी निकायहरूले समन्वय तथा सहजीकरण गर्दै आएका छन् । २०८१ साल चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने नगरप्रमुख घनश्याम गिरीको भनाइ छ ।

चन्द्रागिरि नगरपालिकाका १५ मध्ये ८ वटा अब ‘बालश्रममुक्त वडा’ घोषणा भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ